प्रशासनको निर्देशन विपरीत प्रहरीले धरपकड गरेपछि बैंक बन्द

४ भाद्र २०७७, बिहीबार
प्रतीनिधिमुलक तस्विर

काठमाडौँ – प्रहरीले बैंकको कर्मचारीहरुलाई रोकेपछि बिहीबार उपत्यकाका बैंकहरु बन्द भएका छन्।

जिल्ला प्रशासन कार्यालयले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि निषेधज्ञा जारी गरेपछि कर्मचारीलाई प्रहरीले बाटोमै रोक्न थालेपछि बैंकर्स संघले कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।

बुधबार जिल्ला प्रशानस कार्यालयले अत्याआवश्यक सेवामा बैंकलाई पनि राखेर कर्मचारीलाई हिँडडुल गर्न दिन सूचना जारी गरे पनि बिहीबार बिहानैदेखि सूचनालाई बेवास्ता गर्दै प्रहरीले धरपकड गरेको हो।

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल अनुसार धरपकडपछि बैंकहरु बन्द गर्ने निर्णय भएको र बैंकका केन्द्रिय कार्यालय भने खुला रहेन जानाइएको छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि ७ दिनको लागि निशेधाज्ञा जारी गरिएको छ। प्रशासन कार्यालयहरुले अत्याआवश्यकीय सेवाहरु भने बन्द नहुने बताएका छन्।