थप १७ ट्राफिक प्रहरीमा कोरोना पुष्टि

४ भाद्र २०७७, बिहीबार
प्रतीनिधिमुलक तस्विर

काठमाडौँ । क्वारेन्टिनमै बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका हाल १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ ।  ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुष्टि भएको छ ।

दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। बिहीबारको दिन उनिहरुको रिपोर्ट आएको हो।