पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपियो

४ भाद्र २०७७, बिहीबार

विराटनगर, भदौ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

१० मोरङमा, ९  तेह्रथुममा , १२, सुनसरीमा, ३  उदयपुरमा, धनकुटा र झापामा एक–एक, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये १३ महिला र २९ पुरुष  जना छन् ।

बिहीबार प्रदेश १ बाट १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चारजना डिस्चार्ज भएका छन् । प्रदेश १ मा बिहीबार एक हजार पाँच सय सात पीसीआर परीक्षण भएको छ । हालसम्म ७३ हजार पाँच सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।