सीपीएलमा सन्दीपको टोली पराजित

५ भाद्र २०७७, शुक्रबार

क्याराबिन प्रिमियर लिग(सीपीएल)को यस सिजनको आफ्नो दोस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले औसत प्रदर्शन गरेपनी  उनी  आवद्ध टोली जमैका तल्लवाशल ट्रिनबागो नाइटराइडर्ससँग पराजित भयो।

सन्दीपले ४ ओभर बलिङ गर्दै ३० रन दिएर १ विकेट लिए । ब्रायन लारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले  २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो । १३६ रनको सामान्य लक्ष्य पछ्याएको ट्रनबागोले बिना दवाव खेलको थियो ।

स्कोर थोरै भएपछि जमैकामाथि ट्रिनबागो एक पक्षीय दवाव बनाएको थियो । १८.१ ओभरमा ३ विकेट गुमाउँदै ट्रिनबागोले सहज जित हात पर्‍यो ।