विराटनगर मा थप एक जना संक्रमित को मृत्यु , संक्रमित होम आइसोलेसनमा

५ भाद्र २०७७, शुक्रबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर, ५ भदौं । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेशनमा बसेका विराटनगर– ६ का ४५ वर्षिय कामत थरका पुरुषको मृत्यु भएको हो ।घरमै रहेको अवस्थामा बिहीबार राति मृत्यु भएको विराटनगर महानगरपालिका– ६ का अध्यक्ष विजय कामतले जानकारी दिए

१ भदौंमा स्वाब संकलन गरेका उनको ३ भदौंमा पोजेटिभ रिपोर्ट आएको थियो , रिपोर्ट पोजेटिभ आएपनि आइसोलेशनमा बेड अभावका कारण संक्रमित घरमै थिए ।

‘आइसोलेशनमा लैजाने तयारी थियो । कतै बेड पाइएन् ।’  ‘होम आइसोलेसनमा बस्दा मृत्यु भएको हो ।’ मृतक पुरूषमा उच्चरक्तचाप र अन्य राेगकाे समस्या थियाे ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ