जुम्लामा एकै दिन यति धेरेेै कोरोना संक्रमित भेटिए

५ भाद्र २०७७, शुक्रबार

जुम्लामा एकै दिन ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णालीमै सबैभन्दा बढी संख्याका रूपमा बिहीबार जुम्लाका ५६ जनामा एकैसाथ कोरोना पृष्टि भएको हो ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाका अनुसार पुष्टि हुनेहरूमा हिमा गाउँपालिकाका ५१ जना र नाग्म बजारका ५ जना गरी ५६ जनामा कोरोना संक्रमण भएको  बताए । यो सँगै    जुम्लामा संक्रमतिको संख्या ७२ पुगेको छ ।