विराटनगरको एउटै वडामा संक्रमितको संख्या ९२

५ भाद्र २०७७, शुक्रबार

भदौ ५ ।  विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । विराटनगर महानगरपालिका–१२ मा संक्रमितको संख्या ९२ छ । विराटनगर– १९ मा भने कोरोना संक्रमित भेटिएका छैनन् ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखाका अनुसार  वडा नम्बर १२ पछि सबैभन्दा बढी संक्रमित वडा नम्बर ६ मा छ ।

बिहीबार बिहानसम्म विराटनगरमा संक्रमण पुष्टि भएका ७४१ मध्ये ७१ जनाको वडा खुलेको छैन् । संक्रमितमध्ये १४३ जना संक्रमणमुक्त भएका छन् ।

विराटनगर १९ नम्बर वडामा हालसम्म कोरोना संक्रमित नभेटिएको विराटनगर महागरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।