निषेधाज्ञा गर्ने विषयमा विराटनगरमा  छलफल गर्न बैठक बस्दै

५ भाद्र २०७७, शुक्रबार
भद्र ४ । प्रमुख जिल्ला अधिकारीलाई, विराटगनर महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपर्ने राय सिफारिस गरेको छ ।
विराटनगरमा तीनसाता लामो लकडाउनले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी नतिजा नआएपछि निषेधाज्ञा गर्न आग्रह गरेको र सो सन्दर्भमा शुक्रबार दिउँसो १ बजे बैठक बस्न लागेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभएको छ ।
यस अवभिमा संक्रमण झन् बढिरहेको हुँदा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आज जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल हुने बताइएको छ । स्थानीय तहहरुलाई लकडाउन गर्नसक्ने अधिकार भएपनि निषेधाज्ञा लगाउने अधिकार भने प्रमुख जिल्ला अधिकारीलाई मात्र छ ।