बिराटनगरमा थपियो निषेधाज्ञा

५ भाद्र २०७७, शुक्रबार
भद्र ४।  विराटगनर महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीनसाता लामो लकडाउन गरेको थियो  । प्रभावकारी नतिजा नआएपछि, पुन्:निषेधाज्ञा गर्ने सम्बन्धमा स्थानीय तहहरुले प्रमुख जिल्ला अधिकारी सिफारिस गरेको थियो । सोही क्रममा आज शुक्रबार दिउँसो १ बजे बसेको बैठकले  विराटगनर क्षेत्रमा १० गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा निर्णय गरेको छ ।
विराटनगरमा शुक्रबार भद्र ४ सम्म ७७०  कोरोना संक्रमण पुष्टि भइसकेको छन्, भने संक्रमितमध्ये १४३ जना संक्रमणमुक्त भएका छन् । विराटनगरमा हालसम्म कोरोना बाट ९ जनाले ज्यान गुमाइ सकेका छन् ।