प्रदेश १ मा ८९ संक्रमित थपिए सो मध्ये विराटनगरमा २९

५ भाद्र २०७७, शुक्रबार

भदौ ५ । शुक्रबार प्रदेश १ मा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८९ थपिएका संक्रमित मध्ये मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये विराटनगरका २९ जना छन् । थप विवरण पढ्नु को लागी, यहाँ क्लिक गर्नु होला  

 डिस्चार्ज भएका सन्ख्या : 

आज ६९ जना प्रदेश १ मा  डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ४९, जनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् ।डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन् । प्रदेश १ मा आज सम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् ।