नेपालमा आज थप २५० जनाले जिते कोरोना

५ भाद्र २०७७, शुक्रबार

भदौ ५ । शुक्रबार नेपालमा थप २५० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप २५० जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १८ हजार २१४ पुगेको छ । कुल संक्रमितमध्ये ५९.८ प्रतिशतले कोरोना जितेका हुन् ।