रिपोर्ट नै नआइ नेगेटिभ रिपोर्ट भनेपछि क्वारेन्टिनमा रहेका ४० जना फर्किएकालाई खोज्दै प्रहरी

५ भाद्र २०७७, शुक्रबार

सुनवर्षी नगरपालीका सुचना अधिकृतको लापरवाहीले डाइनिया क्वारेन्टिनमा बसेका ४० जना रिपोर्ट नै नआई घर फर्किएका छन् । क्वारेन्टिनमा रहेकाहरु घरगएपछि अहिले स्वास्थ्य शाखा र प्रहरी घर फर्किएकालाई खोज्न थालेको स्वास्थ्य संयोजक किशोर कुमार मण्डलले जानकारी दिए ।

सुचना अधिकृत प्रदिप पण्डितले सबैको रिपोर्ट नेगेटिभ भएको भनेर झुक्किएर गलत सूचना दिँदा क्वारेनटाइनमा बसेकाहरु घर गएका हुन् । उनिहरुको रिपोर्ट आउन बाँकी नै रहेको मण्डलले जानकारी दिए ।