आठ लाख नाघ्यो विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या

६ भाद्र २०७७, शनिबार

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ ।

एकै दिन पाँच हजार सात सय ७७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या आठ लाख दुई हजार तीन सय १५ पुगेको हो । विश्वमा संक्रमित संख्या दुई करोड ३० लाख ९६ हजार पाँच सय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ४६ हजार तीन सय ९१ नयाँ संक्रमित थपिए ।

एक करोड ५६ लाख ८८ हजार दुई सय ६८ जना उपचारपछि कोरोना पराजित गरेर घर फर्किएका छन् । ६६ लाख पाँच हजार नौ सय ७१ जना उपचाररत रहेकोमा ६१ हजार आठ सय ४९ जनाको अवस्था गम्भीर छ ।