गान्धीको चस्माको मूल्य दुई करोड ५५ लाख भारुमा लिलामी

६ भाद्र २०७७, शनिबार

महात्मा गान्धीले लाउने गरेको एक चश्मा २ करोड ५५ लाख भारुमा लिलाम भएको छ । गान्धीको चश्मा अमेरिकाका एक व्यक्तिले किनेका हुन् ।बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोलबढाबढ लिलामीमा उक्त चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ ।