निषेधाज्ञा असर तथा प्रभाबकारिता: भ्रम र वास्तविकता

६ भाद्र २०७७, शनिबार

गत  राति १२ बजे देखि बिराटनगरमा पुर्ण निषेधाज्ञा जारी गरिएको छ । बढ्ढो कोरोना संक्रमण र मृत्यु दरलाइ मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको बताइएको छ । हुन त देशैभरका ठुलाठुला सहरमा अझैपनी निषेधाज्ञा छ र अझै निषेधाज्ञा थप्ने कार्य भैरहेको छ तर के यो निषेधाज्ञा साच्चैनै प्रभाबकारी छ र मानिसले यस निषेधाज्ञालाई साच्चैनै गम्भीर रुपमा लिएका छन त ?

लामो समयदेखिको लकडाउनले ब्यापार व्यवसाय त चौपट पारेकै छ । त्यसमाथि गरिब परिवारले के खाएर बाच्ने त्यसको उत्तर कतैबाट पाएका छैनन् । सरकारको ठुला ठुला गफ र भाषणले र कोरोनाकालमा गरिएको खर्च सुन्दा सामान्य मान्छेले पनि पत्याउन नसक्ने अवस्था छ । हुन त एक दुई बाहेक, धेरै मान्छे वाध्यतालेनै घरबाहिर निस्कने गर्दछन र  बिनाकारण निषेधाज्ञा तोड्ने मान्छे कमै होलान तर बढदो सन्क्रमित संख्या हेर्ने हो भने बिनाकाम निषेधाज्ञा तोड्ने मानिसलाइ कार्बाही भने अतिआवस्यक देखिन्छ ।

सरकारको अत्यावश्यक बाहेक सबै निषेध भनिएको निषेधाज्ञा केवल निमुखा जनतामा मात्र लागुभएको देखिन्छ । ठुला ठुला कलकारखाना अझै पनि सुरक्षित मापदण्ड नअपनाइ संचालन गर्नु,  कलकारखानाले भारत तथा नेपालको विभिन्न स्थानवाट श्रमशक्ति भित्त्र्याइ काम गराउनुलाई निषेधाज्ञा केवल गरिबलाइ दुख दिने हिसाबले मात्र कार्यनयन भएको देखिन्छ ।

हुन त यस समय घरबाहिर हिड्डुल गर्नु मानिससँग घुलमिल गर्नु गरिब होस वा धनी कसैलाइ पनि लाभदायक भने छैन। तर निषेधाज्ञा भन्दैमा नसक्नेलाइ मात्र पिरोल्ने र उचित पुर्बतयारी बिना अपरझठ निर्णयलिने सरकारको बानिले जनतालाइ आर्थिक र मानसिक रुपमा कष्टमात्र थपिएको भान हुन्छ ।