छिमेकी मुलुक भारतमा संक्रमणको दर उच्च

७ भाद्र २०७७, आईतवार

कोरोना भाइरसको संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा संक्रमित संख्या ३० लाख नाघेको छ ।

एकै दिन ७० हजार ६८ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ३० लाख ४३ हजार चार सय ३६ पुगेको हो । कोरोनाका कारण भारतमा हालसम्म ५६ हजार आठ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

२२ लाख ७९ हजार नौ सय जना उपचारपछि निको भएका छन् । सात लाख छ हजार छ सय ९० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।