उपाधिका लागि आज बायर्न र पीएसजी भिड्दै

७ भाद्र २०७७, आईतवार

युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल आइतबार राति हुँदैछ ।

नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने खेलमा जर्मन जायन्ट बायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) बीच खेल हुनेछ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ ।