७८ हजार श्रमिक स्वदेश फिर्ने प्रतीक्षामा

७ भाद्र २०७७, आईतवार

काठमाडौँ – सरकारले चार्टर उडानमार्फत विदेशमा रहेका नेपाली श्रमिक ल्याउन थालेको दुई महिना बित्यो ।स्वदेश फर्कन चाहने नेपालीको संख्या ६८ हजारभन्दा बढी छ । तर, धेरै संख्यामा श्रमिक भएको खाडीका देशमा नै नियमित उडान तालिका छैन ।

  • जेठ २३ देखि सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु गरेको हो ।
  • भदौ २ सम्म खाडी तथा मलेसियाबाट ४४ हजार ४ सय ३ जना आइसकेका छन् ।

कोभिड–१९ संक्रमणको सँगै काम र कम्पनी बन्द भई रोजगारी गुमेका, करार अवधि समाप्त भएका, रोजगारदाताले एकतर्फी रूपमा निष्कासन गरेका वा करार भंग गरेकाहरूले स्वदेश फिर्ता हुन दूतावासमा आवेदन दिइरहेकाले यो संख्या बढिरहेको छ ।

समस्यामा परेका नेपालीलाई उद्धार गर्न दैनिक उडानको प्रबन्ध मिलाउन दूतावासहरूले सरकारलाई अनुरोध गरिरहेका छन् ।