बिराटनगरमा २६ जना संक्रमित थपिए, कुन वडामा कति ?

७ भाद्र २०७७, आईतवार

०७ भदौ, विराटनगर । विराटनगर महानगरपालिकामा पछिल्लो २४ घण्टामा २६ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार १ बजेसम्मको पिसिआर परीक्षणको रिपोर्ट अनुसार १० महिला १६ पुरुषमा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार शनिबार विराटनगर–

वडा नम्बर ८ मा १० जना,

वडा नम्बर १० मा ३ जना,

वडा नम्बर १५ मा २ जना,

वडा नम्बर ४ मा १ जना,

वडा नम्बर ११ मा १ जना

वडा नम्बर २ मा १ जना, संक्रमित मध्ये ८ जनाको वडा खुलेको छैन् ।

शनिबार दिउँसोसम्म आएको रिपोर्ट कोशी अस्पतालको ल्याबको मात्र हो । प्रदेश जनस्वास्थ्य ल्याबको रिपोर्ट आउन बाँकी रहेको छ । शनिबार थपिएका संक्रमितमध्ये विराटनगरस्थित नोबेल अस्पतालका २ र न्यूरो हस्पिटलका ३ जना कर्मचारी पनि छन् ।

कोशी अस्पतालको ल्याबले आइतबार दिएको रिपोर्टमा न्यूरोमा ३ जना महिला र नोबलका १ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । नोबेलका ४० वर्षका पुरुष र २२ वर्षिय महिला तथा न्यूरोका ६०, २५ र ५० वर्षका महिलामा संक्रमण देखिएको महानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलले जानकारी दिनुभयो ।