मोरङमा ५० सहित प्रदेश १ मा ७० संक्रमित थपिए

७ भाद्र २०७७, आईतवार

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ७० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार थप २७ महिला र ४३ पुरुषमा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ । प्रदेशबाट आइतबार कोरोनामुक्त भई २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा कोरोनमुक्त हुनेको संख्या १ हजार २६७ पुगेको छ ।

प्रदेशमा शनिबार ८ सय ५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ७७ हजार १ सय ५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।