विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु :यो सँगै मृत्कको सँख्या १० पुग्यो

८ भाद्र २०७७, सोमबार

विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय कार्की थरका पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबारराति ९ बजे मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले उपचारका लागि अस्पताल ल्याइपु¥याएको एक घण्टामै पुरुषको मृत्यु भएको जानकारी दिए ।

श्वासप्रश्वासमा एक्कासि समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो । ‘उपचारका लागि ल्याउँदा अवस्था गम्भीर बनिसकेको थियो,’ सिग्देलले भने, ‘धेरै प्रयास गरे पनि बचाउन सकिएन ।’

यो सँगै  विराटनगरका एक महिलासहित १० जनाको मृत्यु भइसकेको छ ।