अमेरिकामा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

८ भाद्र २०७७, सोमबार

८ भदौ, २०७७, न्युोर्क । अमेरिकामा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिइएको छ ।

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी खाद्य तथा औषधि प्रशासनलाई प्लाज्मा थेरापी विधिमार्फत उपचारको अनुमति दिइएको बताए छन् ।

विश्वका विभिन्न देशले गम्भीर अवस्थाका संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि अपनाइरहेका बेला अमेरिकामा पनि त्यसको अनुमति दिइएको हो ।

कोरोना भाइरसलाई फेरि एक पटक चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्दा ३५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिने पाइएको