नेपालमा थप ७४३ जनामा संक्रमण पुष्टि ।

अभिमन्यु अभिजित

८ भाद्र २०७७, सोमबार

विराटनगर, भदौ ८। सोमबार नेपालमा थप ७४३ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा २४६ महिला र ४९७ पुरुष गरी थप ७४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएका १० हजार २३४ परीक्षणमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै कूल काेराेना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या १८ हजार ८ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।