काठमाडौंमा अत्यावश्यक बाहेकका सबै सेवा १५ गतेसम्म बन्द

अभिमन्यु अभिजित

८ भाद्र २०७७, सोमबार
प्रतीनिधिमुलक तस्विर

भदौ ८। उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्न निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।