वि.पी क्याम्पमा अर्का कोरोना संक्रमित युवाको मृत्यु

अभिमन्यु अभिजित

८ भाद्र २०७७, सोमबार

विराटनगर । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिँउसो एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिराहाको गोविन्दपुर घर भएका २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए ।

उनी स्वास्थ्य समस्या देखिएपछि भदौ २ गते प्रतिष्ठानमा भर्ना गरिएका थिए। जाँचका क्रममा कोरोना देखिएपछि कोभिड अस्पतालमा रेफर गरिएको थियो । उनलाई विस्तारै श्वासप्रश्वासमा समस्या देखिन थालेपनि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो तर सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो ।

मुटुको दीर्घरोगी उनी नियमित लागुपदार्थ पनि सेवन गर्ने व्यक्ति रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा ५ जना प्रदेश २ का छन् भने ३ जना सुनसरीको धरानका र १४ जना मोरङका हुन् ।