प्रदेश १ मा पहिलोपटक कोरोना संक्रमित महिला सुत्केरी

८ भाद्र २०७७, सोमबार

विराटनगर, ८ भदौ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित महिलाले छोरी जन्माएकी छन् । २० वर्षीय एक महिलाले साेमबार छोरी जन्माएकी हुन् । उनको घर विराटनगर भएको बताइएको छ।

विराटनगर– २ घर भएकी महिला ३ भदौंमा कोरोना पोजेटिभ देखिएपछि आइतबार अस्पताल भर्ना भएकी थिइन्।उक्त महिलाले सोमबार छोरी जन्माएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटले जानकारी दिए ।

सापकोटाका अनुसार आमा र छोरी दुबैको अवस्था सामान्य छ भने छोरीको तौल २ किलो ८सय ग्राम छ ।

प्रतिष्ठानका चिकित्सक डाक्टर सुर्यप्रसाद रिमालको टोलीले महिलालाई नर्मल डेलिभरी गरराएको थियो ।

सापकोटाका अनुसार प्रदेश १मा पहिलोपटक कोरोना संक्रमित महिला सुत्केरी भएकी हुन् ।