कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन्

९ भाद्र २०७७, मंगलवार

९ भदौ,। कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् ।घिसिङको विदा हुने दिन नजिकिएसँगै उनी प्राधिकरणमा दोहोरिनुपर्छ र दोहोरिनु हुँदैन भन्नेखालका दुईथरी तर्कहरु सुनिँदैछन् ।

४ वर्षे प्राधिकरणमा नेतृत्व सम्हाल्दा कुलमान घिसिङ चर्चामा आएका छन ।

सातौं तहको इन्जिनियरबाट २०५१ सालमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर प्राधिकरणमा ल्याएका थिए ।

प्राधिकरणमा घिसिङ को नियुक्ती हुनासाथ र्मचारी संगठनहरु आन्दोलित थिए भने उनीभन्दा बरिष्ठ उपकार्यकारी निर्देशकहरु नियुक्ति खारेजीका लागि सर्वोच्च अदालतमा रिट लिएर गएका थिए । अदालती प्रक्रियाले घिसिङ रिब एक महिनासम्म अल्मलिए ।त्यसपछि अदालतले उनलाई काम गर्ने बाटो खोलिदियो ।

घिसिङले आफ्नो कार्यकाल सम्हालेको वर्षको तिहारमा विद्युत् प्राधिकरणले विगतमा जस्तो ‘झिलिमिली बत्ती नबाल्नू’ भन्ने सूचना निकालेन । सूचना नआउनुको कारण थियो, लोडसेडिङ हटाउने योजनाको परीक्षण ।