विश्वकै सबैभन्दा द्रुत गतिको ईन्टरनेट स्पीड

निमेश अधिकारी

९ भाद्र २०७७, मंगलवार
तस्बिर : गूग्ल

१ सेकेन्डमा Netflix को सबै समाग्री डाउनलोड गर्न सकिने

हालसालै सन्सारकै सबै भन्दा द्रुतगतिको ईन्टरनेट स्पिड मापन गरिएको छ। अनुसन्धानकर्ता डा. लिडिया गाल्डिनो (Dr. Lidia Galdino) ले दुई कम्पनी Xtera and KDDI Research संग समन्वय गरि हाल सम्मकै उच्च गतिको ईन्टरनेट डाटा ट्रान्समिसनको बिस्व किर्तिमानी राख्न सफल भएकी हुन् । यस इन्टरनेटकाे गति विश्वमा हाल रहेको उच्च गति भन्दा दुईगुणा बढी रहेको छ ।

यस इन्टरनेटको गति १७८ टेराबाइट्स प्रतिसेकेन्ड (178 Tb per second) रहेको छ जसले चर्चित भिडियो प्ल्याट्फर्म साइट Netflix को सबै समाग्री एक सेकेन्डमा डाउनलोड गर्न सकिने दाबी गरिएको छ