भारतको महाड शहरमा ५ तले भवन ढल्यो, दर्जनौ घाईते भएको आशंका

९ भाद्र २०७७, मंगलवार

भारतको महाराष्ट्रस्थित रायगढमा एक भवन ढल्दा ९० जनाभन्दा बढी हताहत भएको आशंका गरिएको छ । रायगढ जिल्लाको महाडमा रहेको ५ तले भवन ढलेको हो ।  रायगढ जिल्ला प्रशासनका अधिकारीहरुका अनुसार चारवटा टिम उद्धार कार्यमा लागेका छन् ।

१५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ । समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन (प्रतिक्रिया) बलको टोलीहरु उद्धारका लागि पुगेका छन् । स्थानीय प्रहरीका अनुसार सोमबार साँझ ७ बजे भवन ढलेको हो ।

भारतीय गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद प्रतिक्रिया बलका महानिर्देशकलाई उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन् । त्यस्तै मुख्यमन्त्री उद्धव ठाकरे, स्थानीय विद्यायक भरत गोगावले लगायतले घटनाको समीक्षा गरेका छन् र उद्धार कार्यमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।