के गर्दै छ माहानगर :पाँचसय काेराेना संक्रमित घरमै

९ भाद्र २०७७, मंगलवार

समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे विराटनगरमा पाँचसय जना कोरोना संक्रमित घरमै बसेका छन् ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाको पछिल्लो रिपोर्ट अनुसार पाँचसय संक्रमित घरमै बसेका हुन ।

विराटनगर महानगरपालिकाको तथ्याङक अनुसार मंगलबार विहानसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या ८३१ छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्याङक अनुसार विराटनगरमा संक्रमितको संख्या ८७२ छन् ।

पाँचसय भन्दा बढी संक्रमित घरमै रहेपनि महानगरपालिकाको तथ्याङकमा पाँचसय जना मात्र रहेकाे उल्लेख छ ।

महानगरपालिकामा सोमबारसम्म २०९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।