लकडाउनले न छाेएको धरान

९ भाद्र २०७७, मंगलवार
तस्वीर - मनाेज पाेख्रेल

समुदायस्तरमा कोरोना फैलियो भनेर गत साउन २२ देखि गरेको धरानको लकडाउन लकडाउन जस्तो छैन। संक्रमितको संख्या बढिरहेको जनाउदै धरान उपमहानगरपालिकाले गरेको लकडाउनले धराने जनतामा कुनै प्रभाव पारेको देखिँदैन ।

सुनसरी जिल्लाको सबैभन्दा बढी १०१ जना संक्रमित भेटिसकेको धरानमा तेस्रो पटक भाद्र १० सम्मको लागि लकडाउन थपिएको थियो । अत्यावश्यक वस्तु किनबेचका लागि बिहान आठ बजेसम्म मानिस घरबाहिर निस्किन पाउने भनेतापनि त्यसको खासै प्रभाव नपरेको देखिन्छ । बिहानको समयमा तरकारी तथा खाद्यान्न पसलहरूमा हुने भीड व्यवस्थापन गर्न र आवश्यक सुरक्षा मापदण्डको लागु गराउन न स्थानीयहरूको सक्रियता देखिएको छ, न त सम्बन्धित निकायले चासो देखाएको छ । पसलहरूमा पनि आवश्यक अनुरूप सामान्य मापदण्ड पनि प्रयोग भएको छैन।

खुलेआम हिँडिरहेका सवारी साधनहरू र मानिसहरूको अटेरीपनाले धरानमा अझै संक्रमण बढ्ने देखिन्छ । यसतर्फ धरान उपमहानगरपालिकाले अझै चासो नदेखाउने हो भने केही दिनमा नै अवस्था अझै अझ गम्भीर बन्ने छ । धरानमा हालसम्म दुई जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ।