फिलिपिन्सको जोलोमा विष्फोट हुदाँ कम्तीमा १४ जनाको मृत्यु

९ भाद्र २०७७, मंगलवार

फिलिपिन्सको दक्षिणी प्रान्त सोलुमा सोमबार भएका दुई शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना सर्वसाधारण र अरु सुरक्षाकर्मी रहेका छन् ।

एक घण्टाको अन्तरमा गराइएको ती विस्फोटमा ७५ जना मानिस घाइते भएका छन् । घाइते हुनेमा २७ सुरक्षाकर्मी र ४८ जना सर्वसाधारण रहेका छन् ।

आक्रमण चरमपन्थी इस्लामिक समूह अबु सायफ ग्रुपले गराएको आशंका गरिएको छ ।अहिले अधिकारीहरुले यो घटनाको विषयमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।