
आजदेखि भोजपुर प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनका लागि शील गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सोमबार बसेको सरोकारवालाहरुको बैठकले भोजपुर प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिन शील गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।
सरोकारवालाहरुको बैठकले साना तथा ठूला होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारीसाधनलाई निर्मलीकरण गर्ने निर्णयसमेत गरेको छ ।