कपिलवस्तुमा दुई पत्रकारसहित थप २० जनामा कोरोना संक्रमण

९ भाद्र २०७७, मंगलवार

कपिलवस्तुमा दुई पत्रकारसहित थप २० जना कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६५ पुगेको छ । मंगलवार पुष्टि भएका संक्रमित सबै तौलिहवाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मंगलवार कोरोना पुष्टि भएकामा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति लगायतका क्रियाशिल पत्रकार रहेका छन् । यससंगै जिल्लामा ६ पत्रकार संक्रमित भएका छन् ।

अन्य कोरोना संक्रमण हुनेमा २ जना सरकारी शिक्षक र एक बोडिङ स्कुलका शिक्षक, बिद्यतुका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेबी गाउँपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन् ।