बैङ्कका कर्मचारीमा पनि संक्रमण पुष्टि

९ भाद्र २०७७, मंगलवार

धरानका आज थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एक बैङ्कका कर्मचारी पनि रहेको बताइएको छ ।

यस सँगै धरानमा कुल संक्रमितको संख्या १०७ पुगेको छ । जसमा आज धरान १७ का २ जना र धरान १६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जनाएका छन् ।

धरान १६ का संक्रमित बैङ्कका कर्मचारी रहेको जनाइएको छ । धरान घर भएका उनी विराटनगरको बैङ्कका कर्मचारी रहेको जनाइएको छ । घर आएको बेला हिजो कोरोना संक्रमण पुष्टि भएको उनलाई हिजो नै उपचारका लागि विराटनगर नै लगिएको छ ।