Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

चीनले कोरोना विरुद्धको खोप दिएको खुलासा

2020-08-25 01-08 | Hamro Biratnagar                  


A+ A A-

चीनले कोरोना संक्रमणको उच्च जोखिममा रहेका र संक्रमितको उपचारमा खटिएकालाई गत जुलाई देखि नै कोरोनाले संक्रमण विरूद्धको खोप दिइरहेको कुरा अमेरिकी टेलिभिजन च्यानल सिएनएनले जनाएको छ ।

चीनले सो खोप फस्ट लाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, पत्रकार तथा कर्मचारीहरूलाई दिइरहेको खुलासा भएको हो । उच्च जोखिममा रहेका व्यक्तिहरू, संक्रमितको आशंका गरिएकाको उद्धारमा खटिएका कर्मचारीलाई चीनले सो खोप दिइरहेको तथ्य बाहिर आएको हो ।

चीनको राष्ट्रिय बायोटेक ग्रुप कम्पनी सिनोफार्मले निर्माण गरेको खोपको तेस्रो चरणको परीक्षण युएई, पेरु, मोरोक्को र अर्जेन्टिनामा गरिएको र परीक्षण सफल भए पश्चात गत जुलाई २२ तारिखमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले स्वीकृती दिएको आयोगका विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक जेङ जोङवाईले जनाएका छन् ।

https://youtu.be/7cYYhN2NgtU

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय