सुन्दरहरैंचा-नगरपालिकाका तीन वडामा शील

मनाेज पाेख्रेल

९ भाद्र २०७७, मंगलवार

कोरोना भाइरसको समुदाय स्तरमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सुन्दरहरैचा नगरपालिकाको चार, पाँच र छ नम्बर वडा शील गरिएको छ । भाद्र ७ गते रातिदेखि १२ गते मध्यरातिसम्म यी वडाहरू शील गरिएको छ ।

वडा नं ५ र ६ मा हालसम्म एक एक जनामा संक्रमण पुष्टि भइसकेको छ भने वडा नं ४ मा ९ जनाको कोरोनाले पुष्टि भइसकेको छ। वडा नं ४ मा मङ्गलबार ६० जनाको स्वाव संकलन गरी परिक्षणका लागि आज पठाउन लागिएको ४ नं वडाका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

समुदायस्तरमा बढ्दो संक्रमितका कारण संक्रमण अझै नफैलियोस् भनेर वडा शील गरिएको श्रेष्ठले बताएका छन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएका यी वडामा अत्यावश्यक बाहेकका सबै काम ठप्प रहेको छ।