म्याग्दीमा थपिए डेंगुका ४ जना बिरामी

९ भाद्र २०७७, मंगलवार

म्याग्दीमा चार जना डेंगुका बिरामी थपिएका छन् । शनिबार टाउको दुख्ने, ज्वारो आउने र जोर्नी दुख्ने भएपछि उपचारका लागि बेनी अस्पताल आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षीय पुरुष, सोही गाउँपालिका ६ पोखरेबगरकी ३३ वर्षीया महिला, रघुगंगा गाउँपालिका–२ भगवतीका ६० वर्षीय पुरुष र बेनी नगरपालिका– ५ पुलाचौरकी २२ वर्षीया महिलामा डेँगु संक्रमण पुष्टि भएको हो ।

यीमध्ये अन्नपूर्ण गाउँपालिका– ४ का पुरुष र बेनपा ५ की महिलामा स्क्राबटाइफस समेत देखिएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालका अनुसार गत माघ महिनायता हिमाली जिल्ला म्याग्दीमा ३७ जनामा डेंगु भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनामा स्क्रबटाइफस पनि देखिएको छ ।

https://youtu.be/7cYYhN2NgtU