
भदौ ९। झापा, बिर्तामोडमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले बिर्तामोड–५ मा समुदाय स्तरमा कोरोना देखिएपछि आजदेखि निषेधाज्ञा जारी गरेको हो ।
- बिर्तामोडको मुक्तिचोक,
- शनिश्चरे रोडपूर्व,
- ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक,
- दक्षिणमा हिकोला रोड,
- पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल,
- तमुटोल क्षेत्र,
- महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताइएको छ ।
निषेधाज्ञाको समयमा सो क्षेत्रमा पसल खोल्न नपाउने, इजाजत प्राप्त सवारीबाहेक सबै सवारी साधनको आवागमन नै बन्द गर्ने जनाएको छ ।