आजको राशिफल हेर्नुहोस कस्को राशि कस्तो

ज्यो. पीताम्बर अधिकारी भद्रपुर झापा

१० भाद्र २०७७, बुधबार

मेषराशि-
आफूले गर्दै आएका काममा निराशा उत्पन्न हुने देखिन्छ मनलाई दृढ बनाएर काम गर्नु उपयुक्त हुन्छ।आर्थिक क्षेत्रमा भने उपलब्धि हासिल हुनेछ।

बृषराशि-
साथिभाई संगको भेटघाट साथै प्रेममा सफलता मिल्ने योग रहेको छ।पढाईमा भने आलस्यता बढ्ने देखिन्छ।

मिथुनराशि-
मन चञ्चल रहने छ। परिवारको सल्लाहबाट काम गर्नाले खुशी मिल्नेछ।व्यापारमा सफलता मिल्नेछ।

कर्कटराशि-
अधुरो रहेको काम बन्नाले मन प्रसन्न रहनेछ।यात्रामा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

सिंहराशि
शरीरमा चोटपटक लाग्ने सम्भावना रहेकाले हातहतियार चलाउँदा सजग रहनुपर्ने देखिन्छ ।मिष्ठान्न भोजन प्राप्तिको योग छ।

कन्याराशि-
पठनपाठन क्षेत्रमा रुचि बढ्नेछ।अकस्मात् धनप्राप्तिको योग रहेको छ।असाधारण खानपानको कारणले भने शरीरमा समस्या आउने देखिन्छ।

तुलाराशि-
अनावश्यक खर्चहरु बढेर जानेछन्।हतारमा काम गर्नाले कार्य बिग्रिने छ सचेत रहनु होला।अतिथिको भने सत्कार गर्न पाइएला।

बृश्चिकराशि
सन्तानको क्षेत्रबाट सुख मिल्ने छ।गरिरहेको कार्यमा सफलता प्राप्त हुनेछ साथै इष्टमित्रमा प्रशंसित भइएला।

धनुराशि-
शरीर आलस्य भई स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ। पशुचौपायामा वृद्धि हुनेछ।

मकरराशि-
शरीरमा आरोग्यता छाउनेछ।शत्रुहरू पराजित हुनेछन् । नयाँ कार्यको थालनी हुनेछ। प्रेममा भने खिन्नता आउनेछ।

कुम्भराशि-
धर्ममा रुचि बढ्ने छ।मान्यजनसंगको भेटले खुशी मिल्नेछ। बोल्दा संयमित हुनुहोला।

मीनराशि-
कार्यमा अपजस पाउने योग छ।मानसिक चिन्ता बढ्नेछ।परिवारको भने साथ र सहयोग मिल्नेछ।