अमेजनविरुद्धको जितमा सन्दीपले लिए एक विकेट

१० भाद्र २०७७, बुधबार

जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले जित निकालेको छ ।

बुधबार बिहान आफ्नो चौथो खेल खेलको सन्दीप सम्मिलित टोली जमैकाले गुएना अमेजन वारियर्समाथि पाँच विकेटको जित निकालेको हो ।

 

ट्रीनिडाड एन्ड टोबेगोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा गुएनाले दिएको १०९ रनको लक्ष्य पछ्याएको जमैकाले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।