प्रत्येक प्रदेशलाई २\२ करोड

१० भाद्र २०७७, बुधबार

संघीय संसदले प्रत्येक प्रदेशलाई भेन्टिलेटर र आईसीयूका लागि २\२ करोड रूपैयाँ निकासा गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मङ्गलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुअल बैठकमा सो रकम सबै प्रदेशमा ४ भेन्टिलेटर र १० आईसीयू थपका लागि छुट्टयाइएको जानकारी गराएका छन् ।

कोरोना संक्रमणको जोखिम बढी रहेको ठाउँमा चिकित्सक थप गरेको जानकारी दिएका छन् । उनले भने ‘प्रदेश २ मा मात्रै २३ चिकित्सक खटाएका छौं। विरगञ्जको नारायणी अस्पतालमा ११ चिकित्सक गइसकेका छन् भने जनकपुर र गौर अस्पतालमा पनि चिकित्सक जाँदै छन्।’

त्यस्तै हालसम्म देशभर १ हजार ७५ टिम कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएको पनि उनले जानकारी दिएका छन्।