कोरोनाबाट विराटनगरमा १–१ जना संक्रमितको मृत्यु

१० भाद्र २०७७, बुधबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । दुई निजी अस्पताल विराट र न्यूरोमा उपचारतः १–१ जना संक्रमितको मृत्यु भएको छ । विराटनगर–११ की ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा र ६० वर्षीय पुरुषको न्यूरो अस्पताल विराटनगरमा कोरोना संक्रमणका कारण मृत्युभएको हो ।

अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जीतराज बस्नेतका अनुसार मृतक पुरुष टाउकोको नसा सुकेर हातखुट्टा एवं शरीर चलाउन नसक्ने अवस्थाका थिए ।

साउन ३१ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो  उनको  लक्षण देखिएपछि भदौ ३ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भदौ ७ गते पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

भेण्टिलेटरमा राखेर उपचारको  क्रममा उनको मृत्यु भएको हो ।

मंगलबार राती नै बिराट मेडिकल कलेजमा पनि एक कोरोना संक्रमीत महिलाको मृत्यु भएको छ । बिराटनगर ११ निवासी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।