सभामुख सहितको टोली सिन्धुपाल्चोकमा

मनोज पोख्रेल

१० भाद्र २०७७, बुधबार

सभामुख अग्निप्रसाद सापकोटा सहितको भूगर्भविदहरूको टोली सिन्धुपाल्चोक आसपासका बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाँदै छ । टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत सहभागि छन्।

टोलीले सिन्धुपाल्चोक क्षेत्रका बाढी पिडितलाई राहात वितरण गर्ने जोखिमयुक्त भूगोलको अध्ययन गर्ने सभामुखको सचिवालयले जनाएको छ । टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गर्ने र स्थानान्तरणको पहल गर्ने बताइएको छ ।

सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् भने १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सभामुख सहितको टोलीले त्यहाँको बाढी र पहिरोबाट बिस्थापितहरुलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी भइसकेको छ र तत्कालका लागि भने उनीहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाइने जनाएको छ ।