घिसिङको पुनर्नियुक्ति अन्योलमा

मनोज पोख्रेल

१० भाद्र २०७७, बुधबार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत हल्ला फैलाइएको बताएका छन्।

बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमार्फत उनले आफ्नाबारे गलत सूचना प्रवाह गरिएको भन्दै यसबाहेक आफ्नो अर्काे आधिकारिक अकाउन्ट नभएको जानकारी दिएका हुन्।

मंगलबार साँझ घिसिङका नाममा खोलिएका फेक ट्विटर अकाउन्टबाट उनको पुनर्नियुक्तिबारे समाचार भाइरल बनाइएकाे थियाे। यसैलाई आधार बनाएर कतिपय सञ्चारमाध्यमले समेत समाचार बनाएका थिए।

त्यस्तै उनको पछिल्लो गतिविधिले प्रधानमन्त्री र ऊर्जामन्त्री समेत असन्तुष्ट रहेको र उनको पुनर्नियुक्ति नहुने हल्ला चलेको छ ।घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट प्रधानमन्त्री निवास पुगेको भन्दै यस्तो हल्ला फिजिएको हो ।