फेरि ७ दिन लकडाउन थपियो

मनोज पोख्रेल

१० भाद्र २०७७, बुधबार
तस्वीर - सृजन घिमिरे

धरानमा फेरि ७ दिनका लागि लकडाउन थपिएको छ । गत भाद्र ३ गते देखि १० गतेसम्म तेस्रो पटक लकडाउन थपिएको थियो । आज बसेको नगर कार्यसमितिको बैठकले फेरि ७ दिन थपेर भाद्र १७ सम्म लम्ब्याएको हो ।

बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर लकडाउन बढाएको जनाइएको छ । त्यस्तै यसअघि खाद्यान्न तरकारी तथा अन्य अत्यावश्यक सामान खरिदबिक्री गर्न बिहान ८ बजेसम्म पसलहरू खोल्ने भनिएको भएपनि यो पटक देखि बिहान १० बजेसम्म खोल्ने निर्णय भएको हो ।

धरान उपमहानगरपालिकाले यो चौथोपटक लकडाउन थपेको हो।