बाँकेमा नयाँ ६७ जनामा कोरोना संक्रमण पुष्टि

१० भाद्र २०७७, बुधबार

बाँकेमा बुधबार एकै दिन ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार कोहलपुर नगरपालिकाका ५१ जना, नेपालगञ्ज उपमहानगरपालिकाका १५ जना र बैजनाथ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ११ पुगेको छ । यीमध्ये हालसम्म ६ सय ६० जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।