विराटनगर आज १३ महिला सहित ४३ जना संक्रमित

मनोज पोख्रेल

१० भाद्र २०७७, बुधबार

विराटनगर, १० भदौ । कोरोना संक्रमितको संख्या आज पनि ठूलो संख्यामा बढेको छ । नेपालभरिमा आज ८८५ नयाँ संक्रमित फेला परेका छन् भने १७५ जना कोरोनाले संक्रमण मुक्त भएका छन् । आज मृत्यु हुनेको संख्या ११ रहेको छ ।

त्यसैगरि प्रदेश १ मा गएको २४ घण्टामा १०८ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८,पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना देखिएको हो ।

विराटनगरमा ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुनसरीको इटहरीमा ५ महिला र ९ पुरुष, इनरुवामा १ महिला र ३ पुरुष, बर्जुमा १ महिला र २ पुरुष, दुहवीमा २ पुरुष, धरानमा १ महिला, झापाको दमकमा ६ महिला र ९ पुरुष र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ । उता तेह्रथुमको म्याङलुङमा ४ महिला र ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ । प्रदेशमा बुधबार ८१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ ।

प्रदेशमा गएको २४ घण्टामा १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३६ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म पि सि आर परिक्षण गर्नेको संख्या ८२ हजार १०२ पुगेको छ ।

https://youtu.be/-YCDpWZBX2E