नेपालमा थप ८८५ जनामा संक्रमण पुष्टि यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो

१० भाद्र २०७७, बुधबार

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३४ हजार नाघेको छ ।

बुधबार थप ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।