
विराटनगर । बुधबार कोशी अस्पताल विराटनगरमा कारागारका एक जना कैदीको मृत्यु भएको छ ।
विराटनगर ४ का २६ वर्षीय निराजन यादवलाई लागूऔषध मुद्दामा सजाय पाएको थियो र त्य्सैको कैद भुक्तान गर्दै आउँदा स्वाश्वप्रश्वासमा समस्या भएपछि बुधबार ४ः १५ मा कारागारबाट अस्पताल पठाएको कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । अस्पतालको आइसोलेशनमा ल्याइपुरयाउँदा यादवलाई चिकित्सकले मृत घोषणा गरेको थिए ।
विरामीलाई अस्पतालमा ल्याइपुरयाउँदा मृत्यु भइसकेको अस्पतालका सुपरिटेन्टडेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । मृतकको स्वाब संकलन गरि परीक्षणको लागि प्रदेश जनस्वास्थ्य ल्याबमा पठाइएको छ ।
यादव लागूऔषध मुद्दामा २०७६ चैत ११ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । २०७४ भदौ ६ गते मोरङ अदालतले यादवलाई लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय तोकेको थियो । मोरङ कारागारमा बुधबारसम्म ९ सय २० जना कैदीबन्दी छन् ।
https://youtu.be/-YCDpWZBX2E